
Sgp
Rgp
ksb
lnp
Lks
Rgp
Rgp
Ggp
Rgp
Pbu
Lnp
Asb
Dbs
Jns
Ggp
Dus
Usb


दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले लागू औषध समाजको प्रमुख समस्याका रुपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
नेपाल औषधी व्यवसायी संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागूऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका बताउँदै यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक रहेको बताए । उनले भने,–। ‘पछिल्लो समयमा युवाहरू बढी लागूऔषध दुव्र्यसनीबाट पीडित भइरहेकाले उनीहरूलाई कुलतबाट हटाउने पहिलो दायित्व परिवारको भएको हो । आमा/बुबा तथा छरछिमेकले आफ्ना बाुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनुपर्दछ ।’ ‘उनीहरूलाई माया ममता, स्नेह तथा अपनत्व हुने गरी बढी परिवारमै घुलमिल गराउनुपर्दछ ।’
त्यस्तै लागूऔषध विक्रि वितरण तथा सेवन नियन्त्रणबारे उपरीक्षक तिमिल्सिनाले जिल्लामा लागूऔषधको ओसारपसार, उत्पादन तथा बिक्री वितरणको कार्य रोक्नका लागि विशेष टोली परिचालन गर्ने गरिएको जनाए । कार्यक्रममा बोल्दै उनले लागू औषध घरको मात्र समस्या नभइ समाज र राष्ट्रकै समस्या भएकाले यसको रोकथाम र नियन्त्रणका लागि समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै जिल्लामा बढी मात्रामा लागुऔषधको कारोवार हुने गरेको जनाए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेलले लागु औषध प्रयोगकर्ताका कारण परिवारमा पर्ने असर पिडित परिवारले प्रत्यक्ष महशुस गरेको वताउदै समाजमा यसबारेमा सचेतना फैल्याउन आवश्यक रहेको बताए । उनले लागुऔषध नियन्त्रणका लागि स्थानिय तहको तर्फबाट संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफु सधै तत्पर रहेको बताउँदै उनले लागु औषध नियन्त्रणका लागि सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय दाङका मेडिकल र औषधी ब्यवसायीहरुबाट औषधीको दुरुपयोग गरी बिक्री वितरण गर्ने काम बढेको जनगुनासो आएको बताउदै मेडिकल र औषधी ब्यवसायीहरुलाई सचेत गराउन सके लागु औषध नियन्त्रणमा थप मदत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष पौडेलले सरकारले लागुऔषध नियन्त्रणका लागि यही आर्थिक वर्षमा स्थापना गर्न लागेको लागुऔषध नियन्त्रण विभागले लागु औषध नियन्त्रणमा थप मदत पुग्ने बताए । सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले यही आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने भएको छ । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ दाङका महासचिव सुनिल रेग्मीले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए ।
त्यस्तै उनले भने,–। ‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिन आवश्यक छ । लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गर्न जरुरी देखिन्छ ।’ लागूऔषध नियन्त्रण लागूऔषध दुर्ब्यसनलाई नियन्त्रण, लागूऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लामा अभियान संचालनको आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।
लागू औषधका सामान्य कारोबारीहरूलाई मात्रै नभई ठुला व्यापारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सके केही हदसम्म लागू औषधको कारोबार कम गर्न सकिन्छ । लागू औषधले व्यक्ति र परिवारलाई मात्रै नभई समाजलाई पनि नराम्ररी बिथोल्ने भएकाले यसको नियन्त्रणमा सबैले लाग्न जरुरी छ ।
