
Djs
sbs
cjs
Sgr
pku
Unsku
Pbu
Lnp
Ggp
Rgp
Gfs
Pes
Rgp1
Srbpu

Ggd
Rgu
Gst
Pvg
Bbu
Rsb
Sls
Ksm
Bbbpu
Rgu
nsb
Rgs
Tsm
Vor
Asm
Wsp
Sbs
Hal
Ssm

Syp
Abd
Bml
Jmb
Gsb
Rmb
Mks
bbt
Rpp
Jmb
sab
Ptm
Pls
रोल्पा । रोल्पाको माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँमा रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा थप अतिरिक्त सेवाको उद्घाटन भएको छ । सबै वडालाई समेट्ने गरी गाउँपालिकाको केन्द्र रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे,एम्वुलेन्स,फामेर्सी तथा विशेषज्ञ डाक्टर सहितको सेवाको आइतबार पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो ।
त्यस्तै फार्मेसीको उद्घाटन गर्दै महराले स्वास्थ्य चौकीको लागि आफुले पनि आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस्तै पूर्व सभामुख महराका धर्मपत्नी स्वर्गीय सीता महराको नाममा खोलिएको सीता मेमोरिल फाउन्डेसनले स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकोले त्यस फाउन्डेसनबाट स्वास्थ्य चौकीमा सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन र माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा माडीका वडा अध्यक्षहरु तथा जनप्रतिनिधिरुको पनि उपस्थिति थियो ।
त्यसैगरी स्वास्थ्य चौकीमा उद्घाटन गरिएको भिडियो एक्सरे मेसिनबाट माडीमा रहेका गर्भवती महिलाको लागि निशुल्क भिडियो एक्सरे गरिने भएको छ भने फार्मेसीबाट बिरामीहरुले न्यून शुल्क औषधीहरु पाउने छन् फार्मेसीबाट नेपाल सरकारले निःशुल्क वितरण गरिने औसधी बाहेक अन्य औषधी बिक्री गर्ने र उक्त सेवाबाट स्थानीयलाइ बाहिर जानुपर्ने बाध्यता हट्नेमा माडी गाउँपाकिलाल अध्यक्ष नन्दबहादुर पुन मगरले विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै सोही कार्यक्रमको अवसर पारेर स्वास्थ्य चौकीले स्वास्थ्य चौकी निर्माणको लागि जग्गा दाता र माडी गाउँपालिकाका ६ वटै वडाका महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्मान गरेको थियो ।
