
Ksb
Usb
Ssb
Tgp
Rsb
Bsn
Ksb
Ppu
Ssb
Nsb
Ksb
Csb
Gsb
Rks

Hl1
Tsb
Gsb
Ssb
Usb

Nps
ptl
Rgu
रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको स्पष्ट पारेको छ ।
यस्तै कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।
त्यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको,कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् । जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।
