
Ggp
Rgp
Dus
Asb
Rgp
Rgp
Jns
Dbs
Usb
Ggp
Lnp
Sgp
lnp
Lks
Rgp
ksb
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले ३ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा पदम परियार, दोस्रो उपाध्यक्षमा सुदन घिमिरे, महासचिवमा रामकृष्ण सुनदास, सचिव आशिष परियार, कोषाध्यक्षमा सुनिता परियार, सह-कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा सदस्यहरूमा अमृता विक, करूणा परियार र गुन्जन राना मगर निर्विरोध निर्वाचित भएका छन् ।
युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता एवम् राप्ती चेम्बर अफ कमर्सका सल्लाहकार तथा निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासेको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन समारोहमा राप्ती चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष तथा सल्लाहकार कुमार अधिकारी, वर्तमान अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, महिला चेम्बर अफ कमर्सकी अध्यक्ष मेनुका पाैडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । युवा चेम्बर अफ कमर्सका सदस्य पदम परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती चेम्बर अफ कमर्सका सचिव गोविन्द बहादुर केसीले गरेका थिए ।
