
Rgp
Usb
Asb
Dbs
Rgp
Sgp
Rgp
Dus
Lnp
lnp
ksb
Rgp
Ggp
Jns
Lks
Ggp
Pbu


दाङ । लमही–घोराही सडक खण्डमा बनाईएको बैकल्पिक बाटो डाईभर्सन मसोट खोलाले बगाउँदा पुन सडक अबरुद्ध भएको छ ।
शुक्रबार बिहान परेको वर्षाका कारण आएको बाढीले लमही–घोराही सडक खण्डस्थित मसोट खोलाको डाइभर्सन बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । डाइभर्सन बगाउँदा लमही–घोराही सडकखण्ड पुन अवरुद्ध हुदाँ यातायात सेवा प्रभावित भएको उनले बताए ।
त्यस्तै उनका अनुसार डाइभर्सन बगाएपछि अहिले लमही–घोराही सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधन चलेन सकेका छैनन् । ‘बाढीले डाइभर्सनको आधा भाग बगाएको छ उनले भने-हाल यात्रुवाहक सवारी वैकल्पिक मार्ग अमिलिया सडकखण्ड हुँदै गन्तव्यतर्फ पठाइएको छ ।’
यद्यपि डाइभर्सनको मर्मत भने भईरहेको छ । आकस्मिक रुपमा मसोट पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको थियो । विरामी बाेकेकाे एम्बुलेन्स,इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खालि सवारीसाधन भने प्रहरीले बुझेर मात्रै पुलबाट चलन दिईरहेको जनाएको छ ।
