Sidha Patra बुधबार, साउन १४, २०८२

काठमाडौं । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरु पनि थिए ।

सभामा सांसदहरु अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए ।

त्यस्तै जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पूरै सुनेको र राष्ट्रिय सभाको गरिमा धान्ने गरी बहस भएको भनेर बहसमा भाग लिने सांसदहरुको प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा रहेका मन्त्रीहरु भने निदाइरहेका थिए ।

यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई निदाएका थिए । प्रधानमन्त्रीकै लहरमा बसेका मन्त्रीहरु निदाएका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]