
Unsku
Srbpu
Ggp
Rgp
pku
sbs
Sgr
Pbu
Gfs
Pes
Lnp
Rgp1
Djs
cjs

Bbu
Pvg
Ggd
Asm
Vor
Rgu
Rsb
Rgu
Wsp
Ksm
Bbbpu
Rgs
Hal
nsb
Sls
Tsm
Sbs
Ssm
Gst

Bml
Rmb
Mks
Gsb
Jmb
Pls
Abd
Ptm
sab
Rpp
Jmb
Syp
bbt
तनहुँ । खुँडा बोकेर गाउँमा आतंक मच्चाउने रास्वपा नेतालाई तनहु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी रहेको प्रहरीले जनाएको छ ।
मदिराको नशामा मात्तिएका लौडारीले भानु नगरपालिका–१२ का बलराम अधिकारी र १३ का अशोक अधिकारीलाई लक्षित गर्दै “मार्छु !” भन्दै खुँडा नचायपछि गाउँमा त्रास फैलिएको थियो ।रातको समयमा घरमै पुगेर होहल्ला गर्दै झटारो हान्दा स्थानीयले ढोका थुनेर ज्यान जोगाएका थिए ।
त्यस्तै घटनाको खबर पाए लगत्तै गएको प्रहरीले हतियार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । लौडारीलाई हाल हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस्तै लौडारी केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए । रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलन अभियानका क्रममा उनी जन्मगाउँ फर्किएका थिए । स्थानीयले सामाजिक सञ्जालमा घटनाको कडा आलोचना गरेका छन् ।
