
Ggp
Rgp
ksb
Rgp
Jns
Usb
Rgp
Ggp
Dbs
Pbu
Dus
Sgp
Lks
lnp
Lnp
Rgp
Asb


दाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका वडा नम्बर–५,का एक ३६ वर्षिय पुरुषलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो । पक्राउ परेका पुरुषले आफ्नै छोरी १८ वर्षकी बालिकामाथि जबरजस्ती करणी गरेको भनि प्रहरीमा मुद्धा दर्ता भएको छ ।
पीडित बालिकाको आमाले प्रहरीमा हाडनाता जबरजस्ती करणी कसुरमा किटानी जाहेरी दिएपछि ति पुरुषलाई खोजतलास गर्दै जाँदा गत शनिबार साँझ घरबाटै पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । पीडित बालिकाको आमा आफ्नो नाबालक छोरासहित रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा बाबा छोरी बस्ने गरेको डिएसपी शाहले बताए । ति पुरुषले आफ्नै छोरीलाई असार ३० गते राति घरमै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतबाट म्याद थप गरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
