
Dus
Dbs
Jns
Rgp
Rgp
Rgp
Lks
Ggp
Ggp
Usb
Sgp
Rgp
Lnp
Pbu
Asb
lnp
ksb


दाङ । देउखुरीको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८१ ÷ २०८२ को असार मसान्ता सम्म गरेका कार्यसम्पादन र बजेट लगानी तथा खर्चको फेहरिस्त सहित बुधवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्ने अधिकांश नागरिकहरुले पालिका तथा वडा कार्यालयहरुबाट दिने सेवा प्रवाहमा थप प्रभावकारीता दिन आग्रह गरेका छन् । पालिकाबाट सम्पन्न हुने विकास योजनाहरुको भुक्तानी प्रकृया झञ्जटिलो भएको,कार्यालय समयमा जनप्रतिनिधी र कर्मचारीहरु नभेटिने गरेको र समयमा योजनाहरुको अनुगमन हुन नसक्दा भुक्तानी प्रकृया लामो हुने गरेकोले टाढाबाट आउने सेवाग्राहीहरुलाई असहज भैरहेको भन्दै सेवा प्रवाहलाई प्रभावकारिता दिन कार्यक्रममा नागरिकहरुले गुनासो गरेका हुन् ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र आविश्कार मिडिया प्रालिको सहजिकरण तथा समन्वय सहकार्यमा भएको कार्यक्रममा निर्माण ब्यवसायी चित्रबहादुर रावत, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,मुक्त कमलरी बिकास मञ्च दाङका ज्ञानु थापा,गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा,राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,जनता समाजवादी पार्टी नेपालका सिताराम यादव,पत्रकार दिपक चौधरी,शिक्षक कमला पौडेल लगायतले जिज्ञासा र प्रश्नहरु राखेका थिए ।
त्यस्तै जवाफदेहि बक्ताको रुपमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, शिक्षा शाखा प्रमुख श्याम बिक,कृषि शाखा प्रमुख कर्ताराम यादव, महिला तथा वालवालीका शाखाका प्रमुख पे्ररणा चन्द, स्वास्थ्य शाखाका प्रमुख कैलाशचन्द्र चौधरी र इन्जीनियर शेषमणि पौडेल लगायतले जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा कालाकाटे–गढवा हुलाकी सडक कालोपत्रे गर्न सम्बन्धित निकायलाई दवाव दिन, कोइलाबासको आँखा अस्पतालको भवन मर्मतमा ध्यान दिन,भुक्तानी प्रकृयालाई सर्वसुलभ र छिटो छरितो बनाउन,स्वास्थ्य सुेवा र न्याय सम्पादनमा थप प्रभावकारीता दिन,आधारभूत स्वास्थ्य केन्द्रहरुमा प्रसुती सेवा सञ्चालन गर्न,बिद्यालयहरुको पठन पाठनको गुणस्तर बृद्धिमा ध्यान दिन,शिक्षक दरवन्दी मिलानमा समन्वय गर्न र बिकास योजनाहरुको अनुगमन र नियमनमा थप प्रभावकारीता दिन नागरिक स्तरबाट आग्रह गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पोखे्रलले सार्वजनिक सुनुवाई बाट आएका सुझाव तथा जिज्ञासाहरुलाई कार्यान्वयन गर्दै सेवा प्रवाहको गुणस्तरीयता,पारदर्शिता र सुशासन युक्त पालिका बनाउने बताए । सार्वजनिक सुनुवाईले न्यूनतम कार्यसम्पादन मुल्यांकनमा सघाउने र पालिकालाई कार्यसम्पाद कार्यमा सहजता हुने बताए । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै अध्यक्ष पोखे्रलले जायज विषयहरुलाई आगामी बर्षमा कार्यन्वयन गर्ने प्रतिवद्धता जाहेर गरे । गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण आविश्कार मिडिया प्रालीको तर्फबाट पत्रकारहरु शिबराज पन्थी, उमानाथ यादव,कष्ण पन्थी र पुष्पा पौडेलले गरेका थिए ।

