
ksb
Pbu
Lnp
Ggp
lnp
Rgp
Jns
Ggp
Rgp
Lks
Sgp
Dbs
Usb
Dus
Rgp
Asb
Rgp


दाङ । मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ८ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षिय रोहीत विक र १६ वर्षिय निशान विकको मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका –४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफै अनियन्त्रीत भई दुर्घटना भएको हो । तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुवै जनाको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
