शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, आषाढ १९, २०८२

दाङ । दलित शसक्तिकरण अभियान गढवाको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थीक सहयोगमा देउखुरीको गढवामा असार ४ देखि सुरु भएको महिलाहरुको सिप बिकास कार्यक्रम अन्तर्गत कुसन, गुडीया र डल बनाउने १५ दिने तालिम एक कार्यक्रमका बिच बुधवार समापन गरिएको छ ।अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षता र गढवा गाउँपालिका न्यायीक समितिका सदस्य रेखा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले महिलाहरुले सिकेको सिपलाई स्वरोजगारमा बदल्न आव्हान गरे । कार्यक्रममा गढवा गाउँपालिका भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्मा, प्रशिक्षक सिता चौधरी, पत्रकार शिबराज पन्थी, दलित सचेतना अभियान दाङका अध्यक्ष शसीराम नेपाली, सहभागिहरु राधा डिसी, शिक्षा परियार, बिपुला शर्मा र रिना गुप्ता लगायतले बोलेका थिए ।

त्यस्तै उक्त सिप विकास तालिममा गढवा गाउँपालिका वडा नम्बर ५,६ र ७ का गरि ६४ जना महिलाहरुको सहभागिता रहेको थियो । अभियानका उपाध्यक्ष चन्द्र बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जया बिश्वकर्माले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]