
Rgp
Pes
Lnp
cjs
Unsku
pku
Djs
sbs
Gfs
Sgr
Ggp
Rgp1
Pbu
Srbpu

Ssm
Sbs
Rgu
Asm
Tsm
Gst
Bbbpu
Vor
Rgs
Wsp
Rsb
Ggd
Ksm
Hal
Bbu
Rgu
Pvg
Sls
nsb

sab
Jmb
Rpp
Gsb
bbt
Rmb
Bml
Jmb
Pls
Mks
Ptm
Syp
Abd
बुटवल । एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीको चेक अनादर भएको विषयमा जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ आइपुगेको छ ।
साउन ६ गते चौधरीले रोल्पाका धात बुढा मगरलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट जाहेरी दिएका थिए । तर यस विषयमा अनुसन्धान गरिहरेका वेला आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र आएको प्रहरीले जानकारी दिएको हो ।
दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आइतबार दिउँसो अर्को पत्र हुलाकबाट आएको पुष्टि गरे । भने, ‘हामीले जाहेरी दिने व्यक्तिलाई रकमको स्रोत उल्लेख गर्न बोलाएका थियौँ, तर उहाँ आउनुभएन,अहिले फेरि अर्को पत्र फिर्ताका लागि आएको छ ।’ साउन ६ गते चौधरीविरुद्ध जाहेरी आएपछि बुढा मगरलाई प्रहरीले रकमको स्रोत उल्लेख गर्न पटक–पटक ताकेता गरेको थियो । तर उनी प्रहरीसमक्ष पुगेनन् । तर आइतबार दिउँसो जाहेरी फिर्ताको अर्को पत्र आएपछि प्रहरीलाई हाईसञ्चो भएको हो ।
त्यस्तै चौधरीले बुढा मगरलाई एभरेस्ट बैङ्कको खाताबाट २०८१ पुस २६ गते चेक हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेको थियो । तीन पटकसम्म चेक नसाटिएपछि बुढा मगरले बैकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । उनले सांसद चौधरी विरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानुनी परामर्शमा जुटेको पनि थियो । तर आज जाहेरी फिर्ताको पत्र आएपछि केसले नयाँ मोड लिएको हो ।
यस्तै यस सम्बन्धमा प्रतिक्रिया लिन सांसद चौधरीसँग पटक–पटक गरिएको प्रयास सफल हुन सकेन । यस्तै पुख्र्यौली घर रोल्पा भएपनि हाल घोराहीमा बसेर निर्माण व्यवसायीको काम गरिरहेका बुढा मगरको मोबाइल नम्बरमा फोन गर्दा पनि उठेन । रातोपाटी
