
Dus
Ggp
ksb
Dbs
Sgp
Asb
Usb
Rgp
lnp
Lnp
Ggp
Rgp
Jns
Lks
Rgp
Rgp
Pbu


काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूह तर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ ।
यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो।
नयाँ थपिएको सहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ । यस्तै,समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०,मधेसीका लागि २२८,महिलाका लागि १६२,दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।
त्यस्तै यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ।
