Sidha Patra बुधबार, माघ २८, २०७७

काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।

त्यस्तै ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । यस्तै कालीमाटी,थापाथली,लैनचौर, रत्नपार्क,पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ भने वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा

त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको बताउनु भयो । त्यस्तै जुलुस सकिएर सभामा परिणत भएपछि मात्र यातायात आवागमन केही सहज हुन सक्ने उहाँको अनुमान रहेको छ ।

यस्तै यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ । ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भन्नु भयो । ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो । ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।

यस्तो रहेको छ जुलुसको रुट

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड र माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने छन् । त्यस्तै पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल,थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ । यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली,त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।

त्यसैगरी केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला,जमल,कमलाक्षी,असन,इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ । जमलबाट निस्कने जुलुस कमलादी,असन, इन्द्रचोक,जुद्ध शालिक,न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा,बीर अस्पताल,जमल,घण्टाघर, बागबजार,पुतलीसडक पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ । प्रदर्शनीमार्गमा पनि यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क भद्रकाली सडकखण्डमा हिजो बेलुका ९ बजेदेखि मञ्च निर्माण कार्य सुरु गरि तयारी भईरहेको आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]