
Pbu
Sds
Gisld
Rbs
Mbdvs
mbd

Asm
Sls
Ssm
Sbs
nsb
Tsm
Bbbpu
Vor
Rgs
Pvg
Ksm
Ggd
Rsb
Rgu
Gst
Bbu
Wsp
Hal
Rgu

sab
bbt
Rmb
Ptm
Mks
Pls
Syp
Jmb
Jmb
Bml
Abd
Gsb
Rpp
काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।
त्यस्तै ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । यस्तै कालीमाटी,थापाथली,लैनचौर, रत्नपार्क,पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ भने वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।
ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा
त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको बताउनु भयो । त्यस्तै जुलुस सकिएर सभामा परिणत भएपछि मात्र यातायात आवागमन केही सहज हुन सक्ने उहाँको अनुमान रहेको छ ।
यस्तै यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ । ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भन्नु भयो । ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो । ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।
यस्तो रहेको छ जुलुसको रुट
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड र माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने छन् । त्यस्तै पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल,थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ । यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली,त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।
त्यसैगरी केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला,जमल,कमलाक्षी,असन,इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ । जमलबाट निस्कने जुलुस कमलादी,असन, इन्द्रचोक,जुद्ध शालिक,न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा,बीर अस्पताल,जमल,घण्टाघर, बागबजार,पुतलीसडक पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ । प्रदर्शनीमार्गमा पनि यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क भद्रकाली सडकखण्डमा हिजो बेलुका ९ बजेदेखि मञ्च निर्माण कार्य सुरु गरि तयारी भईरहेको आयोजकले जनाएको छ ।
