
Usb
Dus
Asb
Ggp
Jns
Rgp
Lnp
Rgp
Ggp
Pbu
Rgp
lnp
Sgp
ksb
Lks
Rgp
Dbs


दाङ । बङ्लाचुली गाउँपालिका वडा नम्बर–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ गरेको हो । रावतको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिए ।
त्यस्तै पक्राउ परेका रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको शाहले जानकारी दिए । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
