
Rbs
Mbdvs
mbd
Pbu
Sds
Gisld

Ssm
nsb
Sbs
Bbu
Rgu
Ksm
Wsp
Vor
Bbbpu
Pvg
Ggd
Rgs
Rsb
Rgu
Sls
Tsm
Asm
Gst
Hal

Syp
Gsb
Abd
Ptm
Rpp
Jmb
Rmb
Mks
Jmb
Bml
bbt
sab
Pls
दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारमा महिला गुरु शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामका गुरु चाैधरीले गर्नु भएको हो । नेपालमा पहिलाे पटक महिला गुरुबाट सत्यनारायण पुजा गरिएकाे छ ।
त्यस्तै धामका चेला घाेराही उपमहानगरपालिका-७ सुकवार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे । सत्यनारायणकाे पुजा शिवसवरी धामका गुरु शिवलक्ष्मी चाैधरी, धामका पुजारीहरु सन्ताेष बुढाथाेकी,साेमिया बस्नेत र बसन्ती धामीले गर्नु भएको थियो ।
सो सत्यनारायण पुजा आयाेजक रामकुमारी चाैधरीकाे अध्यक्षता एवम् राष्ट्रिय थारु कलाकार मञ्च दाङका बरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चाैधरीकाे प्रमुख आतिथ्य तथा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे विशिष्ट आतिथ्यमा उक्त पुजा कार्यक्रम सम्पन्न भएकाे हाे ।
शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा राष्ट्रिय थारु कलाकार मञ्च दाङका सचिव राजेन्द्र चाैधरीकाे स्वागत भजन गीतबाट शुरु भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरुले पछिल्लाे समय नयाँ पुस्ताहरुमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताउनु भएको थियो ।
त्यस्तै उहाँहरुले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था,विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताउनु भएको थियो । त्यसैगरी पुजा पछि आयाेजित कार्यक्रममा रेडियाे राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता,शिवसवरी धाम धार्मिक प्रतिष्ठानकी महासचिव धना चाैधरी सो धामका सचिव कमल चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सुकवार गाउँका स्थानीय समाजसेवी डुठीराम चाैधरीले धन्यबाद ज्ञापन गर्नु भएको कार्यक्रमकाे संचालन राष्ट्रिय थारु कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चाैधरीले गर्नु भएको थियो ।
