शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, जेठ २३, २०८२

दाङ । गढवा गाउँपालिकाले गरेको बिकास योजनाहरुको मोडेलको अध्ययन अवलोकन गर्न गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को टोली शुक्रवार दाङको गढवामा आएको छ ।जनप्रतिनिधी,कर्मचारी र टोल बिकास संस्थाका अगुवाहरुले गढवा गाउँपालिका वडा नम्बर ५ ले टोल बिकास संस्थाहरुको अगुवाईमा भए गरेका कामहरुबारे स्थलगत अवलोकन तथा छलफल र अन्तरक्रिया गरेको हो । टोलीलाई गढवा गाउँपालिका वडा नम्बर ५ ले एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ ।

टोलीले गढवाको ५ नम्बर वडाले टोल बिकास संस्थाहरु मार्फत भए गरेका कामहरुबारे जानकारी लिएका छन् । टोल बिकास संस्था गठन परिचालन र बिकास योजनाका चरणहरुबारे कार्यक्रममा दोहोरो संवाद गरिएको वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । गढवा गाउँपालिका वडा नम्बर ५ ले साबिकका वडाहरु तथा टोलहरुलाई समेटेर टोल बिकास संस्थाहरु गठन गरि सो मार्फत स्थानीय सरकारका बिकास योजनाहरुका कामहरु सम्पन्न गरेको नमूना अभ्यासलाई अध्ययन गर्न गुल्मीको धुर्कोट गाउँपालिका ३ बाट दाङ आएको वडा सचिव नारायण पन्थीले जानकारी दिए ।गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा धुर्कोट गाउँपालिका गुल्मीका जनप्रतिनिधी चक्र शुन्दर घर्ती मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाले स्थानीय सरकार सञ्चालन ऐनमा ब्यवस्था भएबमोजिम टोल बिकास संस्थाहरु गठन र परिचालनको माध्यमबाट स्थानीय तहमा बिकास निर्माण लगायत हरेक कार्यसम्पादनमा सहज भएको बताए ।भौतिक बिकासदेखि मानव शुसांकको बिकासमा टोल बिकास संस्थाहरुको महत्वपूर्ण भूमिका रहने उनले बताए । हामी बजेट सिलिङ आएपछि टोल बिकास संस्थाहरुलाई सुम्पिन्छौं, वडा सदस्यहरुको कलष्टर बिभाजन गरेर जनप्रतिनिधी र टोल बिकास संस्थाहरुको अगुवाईमा टोलभेला गरि विवादरहित ढंगबाट योजनाको छनौैट,उपभोक्ता समितिको गठन, कार्यसम्पन्न र फरफारक सहजै भएको उनले बताए । बिकास योजनाहरुका सबै चरणहरु पार गर्दै अनुगमन र सुपर्विक्षणमा ध्यान दिदै नमूना योग्य ढंगले काम गर्न सकिएको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा धुर्कोट गाउँपालिका–३ गुल्मीका वडा सचिव नारायण पन्थीले आफ्नो वडा र पालिकामा टोल बिकास संस्थाहरु मार्फत भए गरेका कामहरु र धुर्कोट गाउँपालिकाको भौगोलीक र पर्यटकीय चिनारी प्रस्तुत गरेका थिए । टोल बिकास संस्थाका अध्यक्ष गिता बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव राम नरेश यादवले गरेका थिए ।

टोलीले गढवा गाउँपालिकाको प्रशासकीय भवन, कार्यसम्पादन र गढवा गाउँपालिकाले गरेका बिकास योजनाका मोडेलहरु अध्यययन तथा अवलोकन समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]