
Ppu
Ssb
Ksb
Ksb
Ksb
Rsb
Nsb
Csb
Rks
Ssb
Usb
Bsn
Tgp
Gsb

Tsb
Ssb
Hl1
Gsb
Usb

ptl
Nps
Rgu
काठमाडौँ । नेपालमा राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ ।
बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरुले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेको हो ।
त्यस्तै अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भएपनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो ।
त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । यस्तै राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरुले बताएका छन् ।
