
Djs
sbs
Pbu
pku
Gfs
Sgr
Lnp
Rgp1
Unsku
Srbpu
Ggp
cjs
Rgp
Pes

Bbbpu
Rgu
nsb
Tsm
Ssm
Rgs
Hal
Rsb
Ggd
Vor
Wsp
Sls
Pvg
Sbs
Gst
Ksm
Asm
Rgu
Bbu

Ptm
Pls
Jmb
bbt
sab
Gsb
Rmb
Jmb
Syp
Mks
Abd
Rpp
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
विद्यालयको प्रथम सिफ्ट अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ६०८ जना विद्यार्थीहरुको नि:शुल्क दन्त परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासका लागि शारीरिक स्वास्थ्य अति आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा विद्यालयले निरन्तर अग्रसरता देखाउँदै जाने प्रिन्सिपल केसीले प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै शिविर कार्यक्रममा डा.रोजिना अधिकारीको नेतृत्वमा लमहीमा रहेको राप्ती डेन्टल केयरको प्राविधिक टोलीद्वारा सञ्चालन गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरुलाई मुख-स्वास्थ्यका समस्या,दाँत र गिजालाई स्वस्थ राख्ने उपाय तथा नियमित सरसफाइको महत्वबारे समेत जानकारी दिइएको विद्यालयले जनाएको छ ।

