
Rbs
Pbu
Mbdvs
Sds
Gisld
mbd

Ggd
Rsb
Asm
Sls
Rgu
Rgs
nsb
Rgu
Tsm
Bbu
Gst
Pvg
Sbs
Wsp
Vor
Ksm
Hal
Bbbpu
Ssm

Gsb
Pls
Rmb
Mks
Abd
sab
Syp
Jmb
bbt
Rpp
Bml
Ptm
Jmb
दाङ । देउखुरीको गढवा होटल ब्यवसायी संघको अध्यक्षमा दयाराम थापा निर्विरोध निर्वाचित हुनु भएको छ । संघको सोमवार गढवामा सम्पन्न प्रथम अधिवेशन तथा तेश्रो बार्षिक साधारणसभाले थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले गुणस्तरीय खाद्य र सुरक्षित आवास होटल ब्यवसायीको दायित्व भएको बताउदै आर्थिक बिकासमा होटल ब्यवसायीको महत्वपुणर् हात रहने बताउनु भयो । गढवा क्षेत्रमा आधुनिक र सुविधा सम्पन्न पार्टी प्यालेसको आवश्यकता महसुस भएको भन्दै अध्यक्ष यादवले गाउँपालिकाको तर्फबाट समन्वय सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव दधिराम भण्डारीले होटल कच्चा पदार्थमा आधारीत उद्याम भएको भन्दै होटल ब्यवसायलाई गुणस्तरीय उद्यामको रुपमा बिकास गर्दै जानुपर्ने बताउनु भयो । प्रदेश राजधानी देउखुरी उपत्यकामा घोषण भै सकेको अवस्थामा ब्यवस्थीत होटल अबको आवश्यकता भएको उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रममा नेपाली काँगे्रस गढवाका उपसभापति कृष्णराज पाण्डेय, गढवा खानेपानी संस्थाका अध्यक्ष लेखबहादुर थापा, मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम गढवा र राजपुरका संयोजक गिरिराज भट्ट, गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त, दाङ देउखुरी होटल ब्यवसायी संघका महासचिव रुद्र गिरी, भालुवाङ होटल ब्यवसायी संघका अध्यक्ष महेश बेल्बासे, लमही होटल ब्यवसायी संघका महासचिव नारायण भुसाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल र पत्रकार दुखहरण यादव लागायतले बोल्नु भएको थियो । कार्यक्रममा सचिव तिलक पुनले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष दुखराम चौधरीले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
त्यस्तै संघको बन्दसत्रले दयाराम थापा अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष गोपालप्रसाद पाण्डेय, उपाध्यक्ष रमेशकुमार बजगाई, महासचिव तिलक पुन, सचिव नारायण ओली, कोषाध्यक्ष दुखराम चौधरी र सदस्यहरुमा डेगमान जिसी, मिना थापा, टोपलाल सुवेदी, कृष्णकुमार अधिकारी, रामबहादुर थापा, रेखा कुमारी मगर, रामकुमारी चौधरी, एकबहादुर गाहा र एक महिला सदस्यमा राजपुरको सिट रिक्त राखीएको संघले जनाएको छ ।
सर्बसम्मत नेतृत्व चयन पछि गठित निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण सहित पदभार ग्रहण समेत गराएको संघले जनाएको छ । बन्दसत्रले संघको बिधानका केही बुँदाहरु संसोधन गर्न जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निणर्य समेत गरेको अध्यक्ष दयाराम थापाले जानकारी दिनु भएको छ ।
