
Gisld
Sds
Mbdvs
Rbs
Pbu
mbd

Gst
Ssm
Ksm
nsb
Tsm
Ggd
Bbu
Rsb
Sbs
Rgs
Hal
Rgu
Wsp
Sls
Bbbpu
Pvg
Rgu
Vor
Asm

Jmb
Rmb
Pls
Rpp
Bml
bbt
Abd
Mks
Gsb
Syp
Ptm
sab
Jmb
चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ ।
त्यस्तै सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न थालिएको हो ।
यस्तै नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको छ । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनकारी गराएको छ ।
त्यसैगरी भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ । यस्तै यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भैरहेको छ ।
यसैगरी भासिएको स्थानमा ८२ वटा पायल बनाएर प्रोटेक्सनको काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिनु भयो ।त्यस्तै सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो ।
त्यस्तै भासिएको सडक मर्मत गर्न बज्र गुरु रायमाझी जेभीले ८ महिनाभित्र काम सक्ने गरी ११ करोड ३१ लाखमा ठेक्का पाएको छ । भासिएको अधिकांश ठाँउमा स्लोप बनाएर प्रोटेक्सनको काम हुने सूचना अधिकारी रानाभाटले बताउनु भएको छ ।
उहाँ का अनुसार बर्खाअघि नै भासिएको तीनै ठाँउमा मर्मतको काम गरिसकिने छ । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।
