
Jsbg-7
Csbg-7
Rksr-7
Pbu
Usbl-7
jsbr-3
ksbl-7
Gsbr-6
Msbg-2
Gsbg-3


काठमाडौं । राजावादी शक्तिहरुले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् ।
आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो। यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहने छन् ।
यस्तै यो आन्दोलनमा बाह्य शक्तिहरूको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। जेठ १५ गतेदेखि देशका विभिन्न भागहरूमा स्वतःस्फूर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरू गर्न उनले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ।
त्यस्तै राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना,सनातन हिन्दु राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिबद्धता व्यक्त गरेका छन् ।
