
Sds
Pbu
mbd
Gisld
Mbdvs
Rbs

Gst
Vor
Rgs
Bbu
Rgu
Ggd
Hal
Rgu
Wsp
Asm
Sls
Ssm
nsb
Bbbpu
Pvg
Ksm
Sbs
Tsm
Rsb

Rpp
Gsb
Syp
bbt
Jmb
sab
Mks
Pls
Rmb
Ptm
Jmb
Bml
Abd
दाङ । केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाको बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ । शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी र कार्यपालिका सदस्य बीच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच सदस्यीय छानबिन समिति गठन भएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो ।
त्यस्तै शुक्रवार बसेको बैठकमा साधारण माध्यामिक विद्यालय सालभौरीको व्यवस्थापन समितिको मनोनित चार सदस्यीय आधिकारिकताका लागि पचास प्रतिशत अभिभावकको छानबिन गरि पचास प्रतिशत नपुगेमा समितिको भेला गराई पुनः शुरुबाट प्रक्रियामा जाने र पचास प्रतिशत पुगेमा चार सदस्यीय समितिलाई आधिकारिकता दिने, त्यस्तै दुई जना पदेन सदस्य बाहेक पांच जना सदस्यहरुलाई सबैको चित्त बुझ्ने गरि सहमतिका आधारमा समितिमा छनौट गर्ने निर्णय भएको छ ।
शुक्रबार बसेको बैठकमा खासगरी साधारण माध्यामिक विद्यालय सालभौरीको विद्यालय व्यवस्थापन समितिका बारेमा लामो छलफल भयो, त्यो विषयलाई टुंगोमा पुर्याउनका लागि छानबिन समिति बनाएका छौ अब त्यो समितिले कस्तो प्रतिवेदन तयार पार्छ त्यसैका आधारमा अगाडी बढ्छौ” उपाध्यक्ष धनपती देबी यादवले भन्नु भयो । बैठक आइतवार छब्बीस गते बस्ने भएको उहाँले बताउनु भयो ।
यस्तै राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाका अनुशार विद्यालयको व्यवस्थापन समितिका बारेमा मात्र लिखित सहमति भएको छ अन्य थुप्रै असहमतिका बुँदामा भने मौखिक सहमति भएको छ । विद्यालयको समस्या हल भयो भने अरु पनि समाधान हुनेछन् भन्ने आशा लिएका छौं प्रवक्ता रोकाले भन्नु भयो ।
