
Pbu
Gmssl
Gst
Gipsg
Gipsg
gst
Gsg
Unsku
Sebsg

Bbu
Ggd
Ksm
Asm
Gst
Rsb
Ssm
Pvg
Tsm
Wsp
Bbbpu
Rgu
Sls
Rgu
Hal
Sbs
Rgs
Vor
nsb

bbt
Abd
Rpp
Mks
Rmb
Jmb
Jmb
Ptm
sab
Syp
Pls
Gsb
Bml
दाङ । देउखुरीको अर्जुन खाेलामा नुहाउने क्रम बेपत्ता भएका चेतराज चाैधरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीकाे टाेलीले फेला पारेको छ ।
लमही नगरपालिका वडा नम्बर ५,लमही गल्लि निवासी आन्दाजी २२ वर्षिय चेतराज चाैधरी शनिबार दिउँसो ३:१५ बजे साथीहरूसंग अर्जुन खाेलामा नुहाउन गएको बेला बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखाेलाबाट खटिएको तालिम प्राप्त सशस्त्रकाे टाेलीले आइतवार विहान बेपत्ता चाैधरीकाे शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुन खाेलाका प्रमुख गुनराज न्याैपानेले जानकारी दिए । चाैधरीकाे शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।
शनिबार बेपत्ता भएका चाैधरी नभेटिएपछि आइतवार विहानैबाट सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुन खाेला, रणसिंहदल गण (नेपाली सेना) र नेपाल प्रहरीले संयुक्तरूपमा खाेलामा पसेर खाेजिकार्य गरेका थिए । चाैधरी अर्जुन खाेला पुलदेखि करिब दुई सय मिटर उत्तर तर्फ खाेलामा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
