
cjs
Pes
Ggp
Unsku
Rgp1
Srbpu
Lnp
sbs
Sgr
Gfs
Pbu
Rgp
Djs
pku

Rgu
Rsb
Ssm
Asm
Rgs
Bbbpu
nsb
Ggd
Vor
Sbs
Tsm
Pvg
Rgu
Gst
Sls
Wsp
Bbu
Ksm
Hal

Jmb
Mks
Ptm
Syp
Gsb
sab
Jmb
Bml
Pls
Rmb
bbt
Rpp
Abd
प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ ।
बिहिवार सम्म १ हजार ९ सय ९१ जना नागरिक प्युठान भित्रीएका छन। भारतबाट मात्रै दुई सय २६ जना आएका थिए। त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापित हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नंवर ६ स्थित झोला प्राथमिक बिध्यालयमा ११ जना र ऐरावती गाउँपालिका ३ बरौला स्थित क्वारेन्टाईनमा १५ जना गरि २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।क्वारेन्टाईनमा राखिएका उनिहरु मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै प्युठान भित्रीएका थिए। क्वारेन्टाईनमा राखिएकाहरुको स्वास्थ्यमा अहिले सम्म कुनै किसिमको समस्या भने देखिएको छैन ।उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि सरकारले भने अनिवार्य स्वास्थ्यजाँच गरेर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । प्यूठानमा सबै स्थानीय तहहरुले क्वारेन्टाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा झण एक सय बढि शैया क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा छन ।स्थानिय तह मार्फत भारत सहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याकं संकलनको काम समेत भईरहेको छ। प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्किले लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन कडाई गरिएको जानकारी दिनुभयो । यसरी अटेर गरेर सवारी साधन चलाउने र साइकलमा आवत जावत गर्नेहरुलाई प्रहरीले बिहीवार १ जिप ,२ ट्याक्टर,मोटरसाइकल ७ सबारी साधनलाई नियन्त्रणमा लिएको थियो भने ६ जना जनालाई पक्राउ गरेको थियो ।उनिहरुलाई संझाई बुझाई सांझ छोडिएको छ।
