
Pbu
Mbdvs
Rbs
Gisld
mbd
Sds

Tsm
Rsb
Ssm
Wsp
Hal
nsb
Bbbpu
Rgu
Sbs
Pvg
Bbu
Rgs
Asm
Sls
Rgu
Ksm
Gst
Ggd
Vor

Pls
Mks
sab
Abd
Rmb
Syp
Bml
Jmb
Rpp
bbt
Gsb
Ptm
Jmb
प्यूठान । दुई जिल्लाको प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुउद्देश्यीय योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले सम्म आयोजनाको भौगोलिक अध्ययन,डिजाइन,ड्रिलिङ, लेआउट लगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भईरहेको बिभागका इन्जिनियर शंकर बहादुर साउदले बताउनु भयो।
त्यस्तै आउदो चैत्र महिनाभित्र अध्ययन पूरा भईसक्छ, साउदले भन्नू भयो । कम्तिमा ६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने यो आयोजनाको १ खर्ब ६ अर्व लागत अनुमान गरिएको छ । त्यसैगरी समाज शास्त्री प्रकाश घिमिरेले स्थगलगत रुपमै नौमुरे प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनको काम भएको बताउनु भयो । उहाँका अनुसार प्रभावित क्षेत्रको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा,रुखलगायतको लगत संकलन भइसकेको छ ।
यस्तै नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरईनाका गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ। यी तीन वटा योजनाबाट २८१.०४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष रहेको छ । यसैगरी नौमुरे जलविद्युत आयोजनाको बाँधस्थल, नौमुरेको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १ सय ६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलासय युक्त बनाउने प्रस्ताब गरिएको छ । त्यस्तै नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्ग किलोमिटर क्षेत्र डुबानमा पर्ने अध्ययन निश्कर्ष छ ।
त्यसैगरी लामातालमा रिरेगुलेटिङ्ग (सहायक बाँध) निर्माण गरेर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरि विद्युत विकास विभागले अध्ययन गरेको हो । यो बाधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताउनुभयो । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुन्छ । त्यस्तै लामातालबाट निस्केको पानीलाई कपिलवस्तुको सुरईनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताब गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको अनुमान छ ।
अध्ययन टोलीका प्रमुख डा. नारायण भक्त श्रेष्ठ्ले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने बताउनु भयो । नौमुरेको सर्वेक्षण २०४४ मै भएको हो । त्यसवेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो। तर विद्युत विभागको अहिलेको अध्ययनमा आयोजनाको उत्पादन क्षमता २८१.०४ मेगावाट रहने देखिएको छ ।
