
Gsl
Pbu
Nssbush
Rsbus
Ksbus
Bsbus
Ses
Gms
ebg
Ksbus
Lsbus
Gsbus
Ssbus
Lsbus
Gsbus
Gis
Ssbus
Gsbus
Ksbus
Ksbus

Ssm
Ggd
Ksm
Pvg
Hal
Bbu
Sls
Wsp
Tsm
Asm
Sbs
Rgu
nsb
Rsb
Gst
Vor
Bbbpu
Rgu
Rgs

Ptm
Abd
Rmb
Mks
Pls
bbt
Rpp
Jmb
sab
Jmb
Bml
Gsb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
वडा नम्बर २ लालमटियास्थित टुडिखेल खेलमैदानमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा कर्मचारी टोली विजयी भएको हाे।
प्रतियोगिताको पुरुषतर्फको खेलमा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमै दुई गोल गर्दै अग्रता बनाएको कर्मचारी टोलीले दोस्रो हाफमा थप एक गोल गर्दै फराकिलो जित दर्ता गरेको हो।
त्यस्तै, महिलातर्फको खेलमा पनि कर्मचारी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै महिला जनप्रतिनिधिहरूको टोलीलाई २–० को अन्तरले पराजित गरेको छ। महिला खेलमा कर्मचारी टोलीले सुरुवातदेखि नै बलमा नियन्त्रण राख्दै खेल आफ्नो पक्षमा लिएको थियो।
प्रतियोगितामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरू, विभिन्न शाखा कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
खेलकुद मार्फत कार्यस्थलमा आपसी समन्वय, समझदारी र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
