
Bsn
jsb
Usb
Ksb
Nsb
Ksb
Rsb
Fmb
Ksb
Ssb
Csb
Ssb
Tgp
Rks
Ppu
Gsb

Tsb
Hl1
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर –२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।
बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बिरगंज महानगरपालिका वडा नम्बर– १६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर –सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।
त्यस्तै गाडिलाइ पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
यस्तै बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
