शिबु खनाल बुधबार, चैत्र १३, २०८१

दाङ । देउखुरीको लमहीमा एकदिने पात पतिङ्गर झाडी आदी व्यवस्थापन गरि प्राङ्गारिक मल उत्पादन कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन न कार्यालय दाङ, देउखुरी लमहीको आर्थिक सहयोग एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त मल उत्पादन कार्यक्रम सम्पन्न भएको हो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसार सुबेदीको प्रमुख अतिथि तथा लमही नगरपालिका वन महासंघका अध्यक्ष पूर्ण बहादुर बस्नेतको विशिष्ट अतिथिमा उद्घाटन कार्यक्रमा डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालय, सामुदायिक आत्म निर्भर सेवा केन्द्र कृषि कार्यक्रमको संयोजक निलम त्रिपाटी प्रशिक्षक रहेका थिए ।

कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सदस्यलाई पात पतिङ्गर झाडी आदी व्यवस्थापन गरि प्राङ्गारिक मल उत्पादनको विधि बारे जानकारी गराइएको हो । बिहिवारदेखि सामुदायिक वनको मल उत्पादन केन्द्रमा उपभोक्ता सदस्यहरुलाई रहेको पतिङ्गर झाडी आदी व्यवस्थापन गरि प्राङ्गारिक मल उत्पादनको विधि सिकाईने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]