Sidha Patra मंगलबार, चैत्र १२, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।

सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले जानकारी दिए।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको थियोे । यद्यपि मन्त्रिपरिषद्कोे निर्णयबारे सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् ।

त्यस्तै साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि टकराव थियो ।

यस्तै सरकारले घिसिङलाई कार्यसम्पादन लगायतका विषयमा स्पष्टीकरण मागेको थियो । घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद बैठकले पदमुक्त गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]