
Tgp
Ssb
Rks
Ksb
Ksb
Csb
Ssb
Bsn
Fmb
Gsb
Nsb
jsb
Ppu
Rsb
Ksb
Usb

Gsb
Ssb
Usb
Tsb
Hl1

Nps
ptl
Rgu
नुवाकोट । हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ । लगानीको प्रतिवद्धता । सेवा प्रवाहको सुनिश्चितता ।”भन्ने मूल नाराका साथ विश्वभर क्षयरोग निवारण दिवश २०८१ विश्व टीबी डे मार्च २४ मनाईरहदा,नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोट च्वाडी पब्लिक माध्यमिक विद्यालय विदुर ५, माझिटार स्थित बौद्धिक अपागंता श्रोत कक्षामा रहेका बालबालिकाहरु माझमा पुगी फलफूल वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
नेपाल क्षयारोग निवारण सस्था नाटा नुवाकोटमा उपाध्यक्ष दिवाकर रिमाको सभाध्यक्षता तथा च्वाडि पब्लिक माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा मानव अधिकार तथा शान्ति समाजका कोन्द्रिय सचिव रामप्रशाद जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यस अघि क्षयरोग दैविक श्राप, पुख्यौली,बंशाणुगत गुणको कारणले गर्दा लाग्छ भन्ने जुन आम मानवमा भ्रम थियाे तर सन् १८८२ मार्च २४ का दिन डा रबर्ट ककले क्षयरोग जीवाणुले गर्दा लाग्छ बेलैमा उपचार गरेमा यो निकाेहुन्छ भनेर ठूलो जानकारी विश्व समुदायमा पेश गरेको दिन लाई विश्व भरनै यो दिवसलाई विश्व क्षयरोग दिवशको रुपमा मनाउदै आएको जानकारी सभाध्यक्ष दिवाकर रिमालले बताए ।
आफ्नाे बुवा पनि क्षयरोग लागेरनै मृत्यु हुनुपरेको थियो जुन समयमा टि.वि रोगको उचित उपचार थिएन । पहिला पहिला टि.वि. लागेपछि बाँच्दैन भन्ने मनस्थिति डक्टरहरुको पाईन्थ्यो तर अहिले क्षयरोगकाे औषधि पत्ता लागेपछि अकालमा मानिसले ज्यान गुमाउनु नपर्ने भएको छ । जस्को लागि नाटा नुवाकाेटले राेगिकाे पहिचान र उपचारको लागि गरिरहेकाे मानविय सेवामूलक कार्य प्रशंसनीय रहेका भनाई प्रमुख अतिथि रामप्रशाद जोशीले राखेका थिए ।
मन्तव्यकै क्रममा च्वाडी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनाल,निमित्त प्र.अ.गणेश बहादुर कुमार, गैसस महासंघ बागमती प्रदेश सदस्य देवकि पौडेल,बौद्धिक अपांगता श्राेत कक्षाका शिक्षक मिरा थापा लगायतका व्यक्तिहरुको उपस्थितिमा शुभकामना मन्तव्य सहित फलफुल वितरण गरि कार्यक्रम सम्पन्न गरिएको थियाे ।
