
Ssbus
Pbu
Ssbus
Sssbus1
ssbus
Sssbus1
tssbus
Gsl
nsm
Ssbus

Tsm
Hal
Rgu
Sbs
nsb
Ggd
Ssm
Vor
Sls
Rsb
Bbu
Rgu
Rgs
Asm
Pvg
Bbbpu
Ksm
Gst
Wsp

Abd
bbt
Rpp
Bml
Syp
sab
Ptm
Gsb
Jmb
Rmb
Pls
Mks
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९, खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
गएराति १ बजेतिर आगलागी सुरु भएकोमा आज साँझसम्म पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । तत्काल आगो नियन्त्रणमा आउने अवस्था नरहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार उद्योगमा भएको आगलागी ८० प्रतिशत नियन्त्रणमा आए पनि बाँकी नियन्त्रण गर्न कठिन भइरहेको छ ।
त्यस्तै उद्योगमा प्रयोग गरिने लिक्विडमा आगो लागेकाले जति पानी हाल्दा पनि नियन्त्रण गर्न कठिन भएको लम्सालले बताए । उनका अनुसार आगो नियन्त्रणमा आउन अझै चार–पाँच घण्टा लाग्ने अनुमान छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले हाल उद्योगको मूख्य भागमा आगलागी भएकाले नियन्त्रण गर्न कठिन भएको बताए ।
यस्तै आगो नियन्त्रणका लागि छिमेकी तीन जिल्लाबाट पाँच वटा दमकल मगाइएको छ। कपिलबस्तुबाट २, बाँकेबाट २ र बर्दियाबाट १ गरी पाँच वटा दमकल बाहिरबाट र जिल्लाका तीन वटा दमकल गरी ८ वटा दमकलबाट आगो नियन्त्रणको प्रयास गरिएको छ ।
त्यस्तै उद्योगको आगो नियन्त्रणमा भन्दा पनि पहिले गाउँ बचाउन लाग्नुपरेको थियो । उद्योगको ५० मिटरसम्म बस्ती फैलिएको छ । १०० मिटरको आसपामा ७०–८० घरहरू रहेको र तिनलाई बचाउन पहिले लाग्नुपरेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । ‘आगलागी भएपछि पहिले कसरी बस्ती बचाउने र अनि उद्योगमा आगो नियन्त्रण गर्ने भन्ने भयो । त्यसैअनुसार हामीले अग्नि रेखा बनाएर बस्ती बचाउन सकेका छौँ’, उनले भने, ‘उद्योग बचाउन सकिएन ।’
यस्तै आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी र स्थानीय सहभागी थिए । आगो नियन्त्रणमा सेना–प्रहरीमात्र २०० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।
त्यस्तै आगलागीबाट एक अर्ब बराबरको क्षति भएको उद्योग संचालक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उद्योग जलेर ध्वस्त भएको संचालक बस्नेतले बताए । उक्त उद्योगमा दैनिक ७ सय जना कामदारले काम गर्ने गरेका थिए ।
