
Tgp
Ksb
Rsb
Usb
Ppu
Ksb
Ssb
Ssb
jsb
Csb
Rks
Ksb
Bsn
Gsb
Fmb
Nsb

Usb
Ssb
Gsb
Tsb
Hl1

ptl
Nps
Rgu
इलाम । माई नगरपालिका वडा नम्बर –२ स्थित शितली चिया बगानमा भएको बलात्कारको घटनामा ‘मिलापत्र’ गरेको पाइएको छ ।
पिडित १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर मिलापत्र गरेको सूचना पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । चैत ६ मा बालिका बलात्कृत भएकी थिइन् । बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले जानकारी दिए ।
त्यस्तै पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराउने आरोपीका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र उनीहरूका छिमेकी ३८ वर्षीय तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले पीडितका परिवारलाई ३ लाख दिइसकेको डीएसपी राईले बताए ।
