
jsb
Csb
Fmb
Ksb
Ksb
Nsb
Rks
Tgp
Rsb
Ssb
Ssb
Gsb
Ksb
Ppu
Usb
Bsn

Tsb
Hl1
Gsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । देउखुरीको गढवा गाउँपालिकाले दाङ जिल्लामै नमूना योग्य ढंगले गाई संरक्षण अभियानलाई अघी बढाएको छ ।
विगत सात बर्ष अघि छाडा गाईगोरुले किसानहरुको वालीनाली नष्ट गरिदिन थालेपछि स्थानीय सरकारले गौशालाको अवधारण बनाई गाई संरक्षणमा जुटेको हो ।
गढवाका वस्तिहरुमा छाडा छोडिने गरेका गाई,गोरुहरुले किसानहरुको बाली–नाली खाएर सताउन थालेपछि किसानहरु स्थानीय सरकार समक्ष पुगे । सरकारले किसानहरुको समस्या बुझ्यो र विगत ७ बर्ष अगाडी यस अघिको सरकारले गाई संरक्षण गर्न गौशाला निर्माण गर्ने अभियान ल्यायो ।
गढवा–६ का स्थानीय समाजसेवी हुमाकान्त सुवेदी लगायतको पहलमा गाउँपालिकाद्वारा गौशाला निर्माण गरि २ जना हेरालु राखेर संरक्षण अभियानलाई अगाडी बढाइयो । अहिलेको स्थानीय सरकारले यो अभियानलाई अगाडी बढाउँदै गढवा–६ मनिकापुरमा रहेको गौशालाको स्तरोन्नती गरी गढवा गौशाला तथा स्थानीय प्रजातिका गाई संरक्षण केन्द्र दर्तागरि संरक्षण अभियानलाई थप ब्यवस्थित गर्दै निरन्तरता दिएको छ ।
यसैविच शनिवार गढवा गौशाला तथा स्थानीय प्रजातिका गाईसंरक्षण केन्द्रको प्रथम अधिवेशन तथा साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर आलेको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुदख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष शर्माले स्थानीय प्रजातिका गाई संरक्षणलाई थप ब्यवस्थित गर्ने योजनाका साथ स्थानीय सरकारले गौशाला समितिसंग समन्वय सहकार्य गर्दै अगाडी बढेको बताए । गाईको मुत्रको उपयोग गर्दै गौशालालाई बहुउपयोगि बनाउन पालिकाको तर्फबाट सहयोग गरिने र जिल्लामै नमूना गौशाला बनाउने उनले बताए ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेल,गाउँपालिकाका संस्थापक अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी, ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आले,वडा सदस्यहरु गोबिन्द रोका र दिनमणि आचार्य,रेडक्रस गढवाका सभापति उमाकान्त पन्त,लेखा परिक्षक अनुप कुमार थापा, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा,सामुदायिक पुस्तकालयका पटवारी यादव,गोबरडिहा आर्युवेद औषधालयका डा. शंकरनाथ योगी,पशु चिकित्सक डा.भिमार्जुन थापा, स्थानीय समाजसेवी तिलक घिमिरे,कपिलदेव खनाल र भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्मा लगायतले बोलेका थिए ।
सो अवसरमा गाई संरक्षणमा कार्यरत मजदुरहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने गाई संरक्षणमा योगदान गर्नुहुने दाताहरुलाई पनि सम्मान गरिएको थियो । हाल उक्त गौशालामा गोबरबाट गड्यौला मल उत्पादन गरिएको छ भने गौमुत्र संकलन गरी वालीनालीमा उपयोग गर्ने गरिएको अध्यक्ष जितबहादुर आलेले बताए ।
कार्यक्रममा बिशिष्ट योगदान गर्नुहुने गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,पूर्व अध्यक्ष उपाध्यक्ष लगायतलाई गौशालाको मानार्थ सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । गौशालाका कोषाध्यक्ष रुपा गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भरत कुमार पन्त र प्रेस संयोजक आलोक भावुकले गरेका थिए ।

