Sidha Patra शनिबार, चैत्र ०९, २०८१

दाङ । आज बिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको रहेका छन् । गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल एकआपसमा ठोक्किँएका हुन् ।

यस्तै घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक रोकायले बताए । दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]