
Csbg-7
ksbl-7
Msbg-2
Gsbg-3
Usbl-7
Jsbg-7
Pbu
Jsbr-3
Gsbr-6
Rksr-7


कैलाली । अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यस्तै घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरेको हो । सोहि घटनामा फागुन २६ गते गोदावरी–५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए ।
त्यस्तै विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो ।
