
Ssbus
bpmhl
Bsbus
Ses
Ksbus
Ksbus
Gis
ebg
Ksbus
Lsbus
Ssbus
Gis
Ksbus
Gss
Gsbus
Ssbus
Gms
Gis
Nssbush
Gsbus

Ggd
Vor
Gst
Bbbpu
Tsm
Asm
Pvg
Sls
Hal
Rsb
Rgu
Sbs
Rgs
Ksm
Rgu
nsb
Bbu
Wsp
Ssm

Mks
Abd
Jmb
sab
Rmb
Pls
Gsb
Rpp
Bml
Jmb
bbt
Syp
Ptm
दाङ । देउखुरीको लमहीमा जारी रहेको पिएम कपमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।
नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पुरा गर्याे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चाैकासहित ३७ रन जाेडे ।
बसिर अहमद ३८ बलमा ३ चाैका र १ छक्का सहित ३२ रनमा अविजित रहे । ईमरान सेखले १६ बलमा १ चाैकासहित १२ रन जाेड्दा भीम सार्कि १५ बलमा १ चाैकासहित १४ जाेडेर आउट भए । साेमपाल कामीले २१ बलकाे सामना गर्दै १० रनमा अविजित रहे । गण्डकीका चन्द्र पाैडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए । सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए ।
त्यस्तै यसअघि, टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जाेडेकाे थियाे । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए। उनले ४९ बल खेल्दै ४ चाैकाकाे मद्दतमा ३३ रन जाेड्दै साहब आलमकाे बलमा बाेल्ड आउट भए । पहिलाे विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनकाे साझेदारी गरेका अर्जुन र समीर कँडेलकाे विकेट पतनपछि गण्डकीका अरु खेलाडी सस्तैमा समेटिए । समीर ८ रन जाेडेर साहब आलमकाे बलमा पहिलाे विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नुपर्याे ।
यस्तै दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरु खेलाडीले दाेहाेराे रन जाेड्न सकेनन् । आर्मीका साहब आलमले एक्लै पाँच विकेट चट्काए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए । आर्मीलाई जीत दिलाउन महत्त्वपूर्ण पाँच विकेट लिएका साहब आलम प्लेयर अफ द म्याच भए । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल भईरहेकाे छ ।
त्यस्तै अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जीत र १ मा हार व्यहाेर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थान अर्थात पुछारमा छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
