
Gsbg-3
Rksr-7
Gsbr-6
ksbl-7
Usbl-7
Pbu
Csbg-7
Msbg-2
Jsbr-3
Jsbg-7


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
त्यस्तै जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक,चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै चालकको लापरवाहीका कारणले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको
हो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।
