
Lnp
cjs
Sgr
Ggp
Rgp
Pbu
pku
Pes
sbs
Srbpu
Gfs
Rgp1
Djs
Unsku

Rgs
Bbu
Asm
Tsm
Gst
Ssm
Vor
Hal
Rgu
Sls
nsb
Pvg
Bbbpu
Sbs
Wsp
Rgu
Ggd
Ksm
Rsb

Rpp
sab
Abd
Rmb
Gsb
bbt
Bml
Ptm
Jmb
Pls
Syp
Jmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैठौं ) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनी २१४ मत प्राप्त गरी विजयी भएका छन् ।
जसको सचिवमा दिपक शर्मा १९३,कोषाध्यक्ष – मन्दिप पोख्रेल १८९ ,सदस्यहरु अनिल चौधरी १८३,मणिप्रसाद पौडेल १८८,भुपिन्द्र परियार १८६, सौरभ पोख्रेल १८८,रविना कँवुर १८३ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै अन्य प्रतिस्पर्धी उम्मेदवारहरुको प्रदर्शनमा
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)
को तर्फबाट अध्यक्ष पदमा प्रकाश पुन–१५८, सचिव भुवन भट्टराई–१६५,कोषाध्यक्ष निसम पोख्रेलले –१३४ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा, सुनसरी चौधरी १५४,तारा कुमारी पुन १५४, भोजराज पोख्रेल १५६,लक्ष्मण चौधरी १५५, सुवासना मल्लले १५९ मत प्राप्त गरी पराजित भएका छन् ।
यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अनिल सुनारले – १०८,सचिव प्रकाश जेठारा–११५,कोषाध्यक्ष निमराज गौतमले –१५२ प्राप्त गरेका थिए । त्यस्तै सदस्यहरु – शिवराम कंडेल १४६,बबी कुमारी चौधरी १३०,मनिषा खड्का १३६,सविन शर्मा ११६, जालुमाया सुनारले ११३ मत प्राप्त गरेर पराजित भएका छन् ।
क्याम्पसको कुल ७२५ मतदाता मध्ये ४८५ मत मात्र खसेको थियो । विद्यार्थी राजनीतिमा सक्रिय विभिन्न दलनिकट संगठनहरुले प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवारहरुले स्पष्ट बहुमत हासिल गर्दै जित दर्ता गरेका छन् ।
