Sidha Patra मंगलबार, चैत्र ०५, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्ने भएका छन् ।

अध्यक्ष विष्टले आफ्नो सेवा सुविधाबाट गाउँपालिकाभित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने बताका हुन् ।

गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने श्रमिकहरूको स्वास्थ्य सुनिश्चित गर्न बीमा योजना ल्याइएको अध्यक्ष विष्टले बताए । “समाजका आधारस्तम्भ नै श्रमिक हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य सुरक्षित भएमात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने भएकाले यो कार्य गर्न गरिएको हो,” अध्यक्ष विष्टले भने ।

मेडिकल बीमा योजनाअन्तर्गत श्रमिकहरूले निःशुल्क उपचार सुविधा प्राप्त गर्न सक्ने छन् । यसले श्रमिकहरूलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा आर्थिक बोझ कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । उक्त कार्यमा सहभागी हुन चैत ८ गतेभित्र सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]