
Sds
Gisld
Rbs
mbd
Pbu
Mbdvs

Sbs
Rgu
Hal
Asm
Wsp
Ggd
Sls
Vor
Rgu
nsb
Tsm
Gst
Rgs
Bbu
Rsb
Ssm
Pvg
Bbbpu
Ksm

Abd
Pls
Rmb
Bml
Gsb
Rpp
Mks
Jmb
Jmb
Ptm
Syp
bbt
sab
दाङ । गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं,विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णय अनुसार राजपुर गाउँपालिका वडा नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सोमबार गोठुवामा सम्पन्न भएको छ । दिल बहादुर घर्तीको अध्यक्षता र दिनेश रैदासको सञ्चालनमा रणबहादुर बुढाको (शुशिल) स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला उपाध्यक्ष र राजपुर गाउँपालिका ईन्चार्ज क. महेश रिजालले कार्यक्रमका उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
सोही भेलालाई राष्ट्रिय जनमोर्चा हादबास टोल कमिटिका अध्यक्ष टेकबहादुर डाँगी, राजमो राजपुर एरिया कमिटी सदस्य तेजबहादुर बाठा, राजमो राजपुर गाउँपालिका वार्ड नं ६ अध्यक्ष लुद्रा बहादुर बुढा, जातिय समता समाज दाङका सदस्य तथा राजमो राजपुर गाउँपालिका वार्ड नं ४ अध्यक्ष राजकुमार विश्वकर्मा (कमल) , राजमो दाङ जिल्ला सदस्य राम फकिरे रैदास लगायतले मन्तव्य राख्नु भएको थियो।
त्यसैगरी दिलबहादुर घर्तीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्ष दामोदर भण्डारी, सचिव टेकबहादुर डाँगी, सहसचिब तेजबहादुर बाठा, कोषाध्यक्ष रणबहादुर बुढा (शुशिल) र सदस्यहरू रामबहादुर विश्वकर्मा, अशोक बुढा, वीरबहादुर पुन , दिपक बुढा, शुक्लाल बुढा, बाबुराम चौधरी, तिलसरी नेपाली, तुल्सिंह खड्का, भुपेन्द्र बस्नेत, खीमा वलि डाँगी, भागी नाथ कवर , छटक बहादुर खत्री, कमल केसी, अर्जुन योगी, अनिल परियार, गौसरि खड्का चयन हुनु भएको छ।
त्यसैगरी सल्लाहकारमा रामबहादुर बुढा, नन्दलाल सार्की, इन्द्र बहादुर वली र यम बहादुर कुमाल चयन हुनु भएको नवं निर्वाचित वडा कमिटिका सचिव टेक बहादुर डाँगीले जानकारी गराउनु भएको हो ।
