
Ssb
Ppu
Ksb
Tgp
Usb
Ssb
Rsb
Ksb
Nsb
Csb
Rks
Gsb
Ksb
Bsn

Tsb
Hl1
Gsb
Usb
Ssb

Nps
ptl
Rgu
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै बैठकमा उनै पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् ।
