
Gsbr-6
Jsbg-7
Pbu
Usbl-7
Rksr-7
Gsbg-3
Csbg-7
Jsbr-3
Msbg-2
ksbl-7


दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका अनिल घर्तीले ३ वर्षअघि चिसापानी ट्रेयाक्टर दुर्घटनामा परेर एउटा खुट्टा गुमाए । संगै दुर्घटनामा परेका तीनजनाले त ज्यान नै गुमाए । दुई महिना हस्पिटल बसेर बाँचेका अनिलले देउखुरी सामुदायिक पुस्तकालयबाट उद्यम बिकास तालिम लिएर अहिलो स्वरोजगार बनेका छन् ।
म दुर्घटनामा परेपछि बाँचौंला र केहि गरौंला भन्ने आशा हराएर गएको थियो । हस्पिटलबाट फर्केपछि पुस्तकालयसंग जोडिदा पुस्तकालयले बाँच्ने र जिविकोपार्जन गर्ने आधार सिकाएको छ–उनले भने । कसरी बाँच्ने होला भनेर चिन्तामा थिए, पुस्तकालयले उद्याम बिकास तालिम दिएर बाख्रा पनि दियो, अहिले त्यहि बाख्राले ६ वटा बाख्रा बनाएको छ । एउटा मात्र खुट्टले साईकिल चलाएर दुधबेच्न पनि जान्छु । वन पुगेर घाँस ल्याउने गर्छु–घर्तीले भने । अहिले दिनचर्या बदलिएको छ, हरेक कार्यक्रमहरुमा अपांगता कोटाबाट मेरो क्षमता बिकासमा पनि पुस्तकालयले सहयोग गरेको छ । किताब पढ्ने ठाउँ भन्ने सोंचेको त नसोचेको पो भयो ।
घर्ती जस्तै गढवा–६ कुमालटोलकी बिनु कुमाल चौधरीले पनि बाख्रा पालेर जिविकोपार्जन गर्न सफल भएको बताउछन् । पुस्तकालयमा गएर बाख्रापालन तालिम लिए, हरेकजसो कार्यक्रममा मलाई पुस्तकालयले बोलाउँछ, क्षमता बिकास गर्ने अवसर पनि पाएँ साथमा बाख्रा पनि । घरमा ससुरा र जेठाजु बौद्धिक अपाङ्ग छन्, घर चलाउन कठिन भएको थियो, अहिले मज्जाले बाख्रा बेचेरै घरखर्च चलाउन सकेकी छु–उनले भने । रिड नेपाल र देउखुरी सामुदायिक पुस्तकालयको बिचमा २०७९ साउनमा भएको संझौता बमोजिम रिड नेपालको सुदुढ जोखिम ब्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक बिकास मार्फत समुदायको उत्थानशिलता अभिबृद्धि परियोजना सञ्चालन भएपछि गढवा–६ का बिभिन्न टोलका अपांगता भएका र जेष्ठ जागरिकहरु,बिपन्न र सिमान्तकृत वर्ग समुदायका महिला तथा वालवालीकाहरुले क्षमता बिकास संगै आयआर्जनमा जोडिएको सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकले जानकारी दिए ।
त्यस्तै परियोजना अन्तर्गत जेष्ठ नागरिकहरुको निःशुल्क घरदैलो स्वास्थ्य परिक्षण,विद्यालयहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम,१५ जनालाई जिविकोपार्जनका लागि निःशुल्क बाख्रा वितरण, गढवा ६ को बनघुस्री टोलमा खोला कटान नियन्त्रण गर्न वडा कार्यालयसंगको समन्वय सहकार्यमा तटबन्धन कार्यक्रम र बिपद प्रतिकार्य तालिम तथा स्वयंसेवक दस्ता गठन जस्ता कामहरु निरन्तर अगाडी बढाएको कार्यक्रममा जानकारी गराइएको हो ।
यसैविच ३२ महिनाको अवधिमा पुस्तकालयले बिभिन्न टोलहरुमा बिपन्न र सिमान्तकृत वर्ग समुदायमा गरेका समग्र कामहरुको मुल्यांकन, समिक्षा,बजेट खर्च र भएगरेका उपलब्धिहरुका बिषयमा बुधवार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आलेमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फिल्ड अध्ययनबाट प्राप्त प्रगतिहरुको बिवरण सहित सामाजिक लेखा परिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले स्थानीय सरकारसंग समन्वय गरेर सरकारले गर्नुपर्ने कामहरु पुस्तकालयले गरेको बताउदै आगामी दिनमा पनि समुदाय उत्थानका कार्यक्रममा स्थानीय सरकारको साथ र सहयोग रहने औंल्याए । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा गाउँपालिका पशुसेवा शाखाका डा.भिमार्जुन थापा,कृषि शाखाका प्राबिधिक दिक्पाल धौराली, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,मुक्त कम्लरी बिकास मञ्चका ज्ञानु थापा, सिपी नेपालका रिया चौधरी,गढवा स्वास्थ्यचौकी प्रमुख सुर्यनारायण यादव,ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाका प्रमुख यशोधा भट्टराई र नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष सिर्जना घिमिरे लगायतले बोलेका थिए ।
सामाजिक परिक्षण कार्यक्रममो प्रतिवेदन पत्रकार दशरथ घिमिरेले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिबराज पन्थीले गरेका थिए ।

