
Pbu
Rbs
Sds
mbd
Gisld
Mbdvs

Tsm
Ggd
nsb
Gst
Bbbpu
Bbu
Rgu
Rgs
Pvg
Rgu
Asm
Ksm
Sbs
Sls
Hal
Ssm
Rsb
Wsp
Vor

Abd
Ptm
Mks
Pls
Syp
Rpp
Rmb
Bml
Jmb
sab
Jmb
bbt
Gsb
दाङ । पानी र सिमसार मानीस जिउने आधार भन्ने नारा सहित डिभिजन बन कार्यालय देउखुरीले सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिम सार दिबस बृक्षारोपण र सरसफाई गरि मनाएको छ ।
डिभिजन बन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले बन बन्यजन्तुको संरक्षण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्षण र बिकाश हुन आबश्यक रहेको कुरामा जोड दिनु एको थियो ।
लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रर्बदन नहुदा भएका सिमसारहरु मासिने खतरा रहेकोले त्यसको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताउनु भयो । त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु सरक्षण र प्रर्बदनको लागी सिमसारको खाचो हुने भएकोले त्यसको संरक्ष्ण र बिकाशमा लाग्न जरुरी रहेको बताउनु भएको हो । त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आबश्यक रहेको र यस प्रति सबैले ध्यान दिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकाश समितिका महासचिब लोकमणि मन्जाडेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गर्नु भएको थियो । त्यस्तै हाल नेपालको कुल जमिनको ५ प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ ।
