
Csbg-7
Jsbg-7
Pbu
Usbl-7
Msbg-2
ksbl-7
Gsbg-3
Gsbr-6
Rksr-7
Jsbr-3


दाङ । देउखुरीको गढवा गाउँपालिकाको नवौं स्थापना दिवस मंगलवार विविध कार्यक्रमका साथ मनाईएको छ ।
गाउँपालिकाका अध्यक्ष थमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगरले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तीले स्थानीय तह २२ वटा एकल अधिकार सम्पन्न स्वायत्त निकाय भएको र ५ बर्षको स्थिर सरकार संचालन गर्ने अख्तियारी प्राप्त निकाय भएकोले बलियो सरकार भएको बताए । देशको बिकास र समृद्धिमा स्थानीय सरकारको निकै महत्वपूर्ण हात रहने उनले बताए । आफ्नो कानून आफै बनाएर ५ बर्ष नहल्लिएरै काम गर्न सक्ने निकाय स्थानीय सरकार भएकोले संघीय प्रणालीको महत्वपूर्ण अंग भएको उनले बताए ।
संघीयता नेपालका लागि पहिलो अभ्यास हो, यसलाई आर्थिक ब्ययभारका रुपमा मात्र होईन राजनितिक रुपमा बुझ्नु पर्छ, कतिपय पश्चगामी शक्तिहरुले यसलाई गलत ढंगले प्रचारवाजी गरिरहेका छन् यसको कार्यान्वयन र लोकतन्त्रबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नु सबै राजनितिक दलहरुको कर्तब्य भएको उनले औंल्याए । प्रदेश र संघमा स्थायी सरकार नहुने अवस्थाले सत्ता सञ्चालनमा अस्थिरता पैदा हुने गरेकाले पनि काम गर्न असहज हुने गरेको र केहि जमातहरुबाट लोकतन्त्र र संघियता टिप्पणिको बिषय भएको उनले बताए । स्थानीय तह निजामति ऐन बन्दै गरेको र केहि जटिलताहरु फूकाउने गृहकार्य भैरहेको उनले बताए ।
कार्यक्रमलाई संबोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले लोकतन्त्रको आगमन भएपश्चात् देशमा बिकास र समृद्धिले फड्को मारेको बताउँदै संघीयता र गणतन्त्रको बिरुद्धमा गलत अफवाह फैलाउने गणतन्त्र बिरोधी शक्ति भएको टिप्पणी गरे । स्थानीय सरकार स्थायित्वको स्वायत्त सरकार भएकोले यसको माध्यमबाट स्थानीय लेभलमा कृषि, स्वास्थ्य, शिक्षा लगायत मानव संसाधनको बिकास र उत्पादनमुखि प्रणाली अघि बढाउन धेरै संभावना छ–उनले भने । स्थानीय सरकार गाउँपालिकाको अवधार।णबाट नगरपालिकामा रुपान्तरण गर्ने सबैखालका संरचनाको बिकास नहुदै उपमहानगरपालिकामा रुपान्तरण गर्ने बहस र सपना देख्नु चिया पसलमा राजनितिक बेरोजगारहरुले गर्ने गफ भएको उनले टिप्पणि गरे । स्थानीय सरकारलाई नै जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्नेगरी ब्यवस्थित ढंगले चलाऔं, अहिले नगरपालिकाको संरचना बिकास नहुदै गाउँपालिकाहरुलाई उपमहानगर बनाउने सपना देखेर आम जनताहरुलाई राजश्व तिर्ने ब्ययभार नथपौं–उनले आम नागरिकको पक्षमा बोले ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रकाश बिष्ट, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवि यादव र गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहजराम यादव लगायतले बोलेका थिए । सो अवसरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र पालिका स्थापना दिवसको अवसरमा आयोजित बिभिन्न खेलकुद कार्यक्रमका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी पालिकाले आयोजना गरेको कृषि प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने ३३ जना कृषकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पालिकाका संस्थापक अध्यक्ष सहजराम यादव र उपाध्यक्ष शान्ती चौधरी, कुशल प्रशासक बुद्धिमान चौधरी, उत्कृष्ट कर्मचारी फूलनदेवि चौधरी लगायत बिपद ब्यवस्थान, साहित्य, पत्रकारीता,कलासंस्कृति,उत्कृष्ट सहकारी, संघसंस्था, उत्कृष्ट बिद्यालय, उत्कृष्ट शिक्षक,उत्कृष्ट करदाता,उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविक, उत्कृष्ट स्वास्थ्य संस्था, लगायत २१ वटा बिधाका कूल ७१ जनालाई सम्मान–पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विविध भेषभुष झल्किनने लोकबाजा पञ्चैबाजा, अवधि ढोल–ताासा तथा थारु भेषभुष झल्किने झुम्रा नाच प्रदर्शन गरिएको र भागलिने सबैलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा गढवा गाउँपालिकाले नौ बर्षको अवधिमा निर्माण गरेका भौतिक संरचनाहरु र कृषि, पशु तथा मानव संसाधनको बिकास र सबैखाले सामाजिक बिकासका कामहरुको फेहरिस्त गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले प्रस्तुत गरेका थिए । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट आरम्भ भएको स्थापना दिवस समारोहको सहजिकरण प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गरेका थिए ।

