तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, फाल्गुण २७, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका–१, भालुबाङ स्थित नमूना आँपखोली खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिको १६ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष गोमाया केसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले पालिकाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

त्यस्तै उनले सीमित स्राेत र साधनका कारण केही गाउँमा अझै पनि स्वच्छ खानेपानी पुर्‍याउन बाँकी रहेको उल्लेख गर्दै उक्त समस्याको समाधानका लागि प्रदेश तथा संघीय सरकारसमक्ष योजना माग गरिएको बताए । अध्यक्ष विष्टले खानेपानीसँगै उपभोक्ता समितिहरूले सरसफाइको क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दीपक कुमार चौधरी, जिल्ला खानेपानी महासंघ दाङका अध्यक्ष ध्रुव ठकुरी, राप्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर केसी,निवर्तमान अध्यक्ष तथा सल्लाहकार पदम बहादुर पुन,वडा नम्बर १ का सदस्य चुमानसिंह खत्री,राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र प्रकाश आचार्य,भालुबाङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष ऋषिराम आचार्य, नेपाल मगर संघ वडा नम्बर १ का अध्यक्ष केशमान पुन मगर,नेपाल मगर महिला संघकी अध्यक्ष विष्पुरा घर्ती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव टेकबहादुर महतराले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बासुदेव पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी सदस्य सरस्वती पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]