
ksbl-7
Gsbr-6
Msbg-2
Pbu
Usbl-7
Csbg-7
Jsbg-7
Gsbg-3
Jsbr-3
Rksr-7


धनगढी । नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार आजु हमाललाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।
महासंघ कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृतमाथि छानबिन गर्दै कारबाहीको माग गरेको हो । धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार हमाललाई दुर्व्यवहार गरेका थिए ।
त्यस्तै पत्रकार महिलालाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारबाहीका लागि सम्बन्धीत निकायहरूसँग माग गरिएको हो । पत्रकार महासंघ कैलालीमा आर्जुले सोमवार निवेदन दिएकी थिइन् ।
