Sidha Patra मंगलबार, फाल्गुण २७, २०८१

दाङ । लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ, रूपधनको साथबाट १४ किलो ५७ ग्राम लागू औषध जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहस्थित घोराही होलेरी सडक खण्डमा लागु औषध चरेसको कारोबारका लागि ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागू औषध ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको सूचना अधिकारी शाहले बताए।

त्यस्तै प्रहरीले उनीहरूको साथबाट २९ किलो ६९५ ग्राम लागू औषध चरेश बरामद गरेको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]