
Jsbr-3
Rksr-7
Csbg-7
Usbl-7
Gsbr-6
Gsbg-3
ksbl-7
Msbg-2
Pbu
Jsbg-7


अछाम । माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो ।
त्यस्तै उनिहरु सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
