ओमप्रकाश गुप्ता सोमबार, फाल्गुण २६, २०८१

दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठकसँग आइतबार परिचयात्मक कार्यक्रम गर्नुका साथै स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने सहित सदस्यहरूले फूलमाला सहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेका हुन् ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भएको परिचयात्मक तथा स्वागत कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष अधिकारीले राप्ती गाउँपालिकाको सेवा प्रवाह, सुशासन, समग्र विकास निमार्णका साथै सञ्चार क्षेत्रको विकासमा थप टेवा पुग्नेमा आफुले विश्वास लिएको बताएका छन् ।

अधिकृत पाठकलाई स्वागत तथा सफल कार्यकालको शुभकामना पत्र प्रदान गर्दै मञ्चका अध्यक्ष अधिकारीले लगनशील,निष्पक्ष,पारदर्शी र जनउत्तरदायी प्रशासनको रुपमा काम गरि नागरिकको मन जित्न सुझाव समेत दिएका छन् । जसरी हजुरलाई हामीले स्वागत गरेका छौ त्यसैगरि हजुरलाई गलाभरि फूलको माला, टिका र मायाको चिनो दिएर बिदाई गर्न पाउँने छौ भन्नेमा हामी आशाबादी छौ उनले पत्रमा लेखेका छन् । उनले हरेक सेवाग्राही नागरिकको हितलाई केन्द्रमा राख्दै, नीति कार्यान्वयनमा दृढता, सेवा प्रवाहमा सरलता, विकास निमार्ण र सञ्चारमैत्री भएर काम सुझाव समेत दिएका छन् ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पाठकले सुखी र सम्वृद्ध गाउँपालिका बनाउन मिडियाको पनि महत्वपूर्ण भुमिका रहने हुँदा सञ्चारसँग नजिक भएर काम गर्ने बताएका छन् । उनले पालिकाबाट उपलब्ध गराइने सूचना तथा अनुदानका कार्यक्रममा स्थानीय मिडिया र पत्रकारलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने र बेला बखतमा स्थानीय पत्रकारहरुसँग बस्ने र छलफल गर्ने वातावरणको सिर्जना गर्ने बताएका छन् । त्यस्तै उनले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै निष्पक्षता, इमानदारिता र मेहनतका साथ अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए । यस अघिका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सहसचिव पदमा बढुवा भई बाँसगढी नगरपालिकामा गएपछि पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आएका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]